झापा ।  

झापाको दमक नगरपालिका–५ बाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । आज (आइतवार) दिनको ३ः४५ बजेको समयमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–५ मेची स्टोर अगाडी सडकमा शंकास्पद अबस्थामा हिडिरहेको भारतीय नागरिक २८ बर्षिय सुरजकुमार साहलाई पक्राउ गरेको हो ।  

 भारत विहार राज्य कटिहार जिल्लाका साहलाई चेकजाँच गर्ने क्रममा उनले ब्याग भित्र प्लाष्टिकको बट्टामा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोईन प्लाष्टिक बाहेक ४२ ग्राम १७ मिलिग्रामसहित पक्राउ गरिएको छ । 

साथै उनको साथबाट भारतीय आधार कार्ड नगदसहित  विभिन्न फेला परेको प्रहरीले जनाएको छ । साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।