बिर्तामोड । 

नेकपा एमालेले लागूऔषध कारोबारमा संलग्न भएको अभियोग लागेका नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ । 


एमाले बिर्तामोड नगर कमिटीको आज (शनिवार) सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । 


प्रहरीले खरेलले सञ्चालन गरेको पसलमा ठूलो परिमाणमा लागूऔषध फेला परेको थियो । घटना लगत्तै खरेल फरार छन् । प्रहरीले खरेलको खोजतलास तिब्र पारेको जनाएको छ । 

amale