झापा ।

 गायक, संगीतकार तथा एरेन्जर रोशन अधिकारीको नयाँ रोमान्टिक नेपाली म्युजिक भिडियो ‘शितल शितल हावा’ सार्वजनिक भएको छ। प्रेमिल भावनाले भरिएको यो गीतमा रोशन अधिकारी स्वयंले गीत लेखन, संगीत, एरेञ्जिङ, मिक्सिङ तथा मास्टरिङ समेत गरेका छन् । 

गीतमा स्वर पनि रोशन अधिकारीकै छ। भिडियोमा भने नयाँ तथा प्रतिभाशाली कलाकारहरूको समावेश गरिएको छ। भिडियोमा मिङमा तामाङ र रेजिना बानको मुख्य अभिनय देख्न पाइन्छ। गीतको दृश्यलाई आकर्षक बनाउने क्रममा सन्तोष रिजाल र बिकल श्रेष्ठले प्रकाश संयोजन (लाइट) को जिम्मा लिएका छन् भने सञ्जय राजबंशी सहायक क्यामेराम्यानको रूपमा रहेका छन् । 

ड्रोन दृश्यहरू बिकाश राउतले खिच्नु भएको हो । कृष्ण सुवेदीको मेकअप रहेको यस भिडियोको छायांकन र सम्पादन तिलक रिजालले गरेका हुन् । 

भिडियोको निर्देशक तथा कोरियोग्राफर सौरभ तामाङ हो । यो म्युजिक भिडियो दर्शक तथा संगीतप्रेमीहरूबीच विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ। गीत हाल अनुराग फिल्म्सको युट्युब मार्फत सार्वजनिक गरिएको छ ।