बिर्तामोड ।
डान्स युनिभर्स सिजन–२ को टप–१० मा पर्न सफल झापा अर्जुनधारा–५ कि सुसना कोइरालाई भोट गरिदिन आग्रह गरिएको छ । वेल फेयर इन्ट्रा फाउण्डेशन अमेरिकाको आयोजनामा भइरहेको प्रतियोगितामा सुसनालाई अभिभावक, शिक्षक र नृत्य शिक्षकले आज (बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर भोट गरिदिन आग्रह गरेका हुन् ।

बिर्तामोड–२ स्थित मोहनमाया माविमा इन्जिनियरिङ अध्ययनरत सुसना नृत्यमा मात्र नभएर अध्ययनमासमेत अब्बल छात्रा हुन् । आज बिर्तामोडस्थित गुरुकूल नृत्य संगीत बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा संगीत समाज झापाका अध्यक्ष दिपक रायमाझी, सुसनाकी आमा सानु श्रेष्ठ कोइराला, सानीआमा सञ्जु ताम्राकार, उक्त संगीत बिद्यालयकी फाउन्डर कमला नेम्वाङ, समाजसेवी लीला खत्री, व्यवसायी प्रभात मानन्धरले उनलाई भोट गरिदिन सवैमा आग्रह गरेका छन् ।
धेरै मेहनती सुसना गुरुकुलको गहना भएको भन्दै गुरुकूलका नृत्य प्रशिक्षक सुशान्त चेम्जोङले उनमा भएको प्रतिभालाई सफल बनाउन सवैले सहयोग गर्नु पर्ने बताए । सुसना बिर्तामोडको मात्र नभएर नेपालमै यस्तो प्रतिभा भएका चेली जोकोहि नजन्मिने संगीत समाज झापाका अध्यक्ष दिपक रायमाझीले बताए । संसार भरिका नेपालीहरुबाट छनोटमा पर्नु गर्वको कुरा भएको भन्दै प्रतिभासँगै भोटिङले छनोट हुने भएकाले आर्थिक जोहो गर्नुपर्ने भएकाले सवैले साथ र सहयोग गरिदिन आग्रह गरे ।
मोहनमाया माविका शिक्षक मुकुन्द ढकालले बिद्यालयमा स्पिच, नित्य पढाई सबैमा अब्बल रहेको जानकारी दिदै शत प्रतिशत स्कलरशिपमा इन्जिनियरको पढाई गरिरहेको बताए । स्कुलका हरेक क्रियाकलापमा सक्रिय सुसना डान्सकै माध्यमबाट चिनिने ठुलो सपना रहेको बताउँदै आमा सानुले फ्याक्जिबिलिटि क्विनको उपाधिसमेत जितेकी बताइन् ।
टप १० बाट टप ८ मा पुर्याउन भोटको लागि माई इन्ट्रा एप डाउनलोड गरेर सुसना कोइराला प्रोफाइलमा गएर एसएमएसमाMDU 12 TYP गरेर 37000 मा सेन्ट गरेर भोट गर्न सकिने आमा सानुले बताइन् । उनलाई असार ३० गते राति १० बजेदेखि साउन १ गते बेलुका ६ बजेसम्म भोट गर्न सकिनेछ ।