विराटनगर ।
सुनसरीमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।
किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको हो ।आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारको कारण खुलिनसकेको घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै रहेको बताइएको छ ।