झापा ।
झापा गाउँपालिका–१ सुडुखुट्टुबाट लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज (बुधवार) दिनको ३ बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ति टोलीले भारत बिहार राज्य जिल्ला किसनगञ्ज सिंगीमारी पञ्चायत वडा –५ का ६० बर्षिय गबरी साहलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाइलो खैरो पदार्थ फेला परेको थियो ।
उनको साथबाट प्लाष्टिकसहित १०१ ग्राम ६३ मिलिग्राम फेला पारी साईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर राखिएको छ । अन्य अनुसधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।