बिर्तामोड ।
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा म्युजिक भिडियो निक्कै भाइरल भइरहेको छ । गायक दिनेश भारती र मेलिना राईको ‘घर कहाँ हो नानी, त्यहि खोलापारी, नाम के हो नानी चन्द्रकुमारी’ बोलको गीत हाल सामाजिक सञ्जाल अर्थात टिकटक र युट्वमा निक्कै भाइरल भइरहेको छ ।
गायक दिनेश भन्छन् ‘बर्षौदेखि गर्दै आएको सांगितिक क्षेत्रमा केही सफलता पाउँदा खुसी छु’ सन् २०१० मा मलेशिया आइडलको उपाधि जितेर नेपाल आएका दिनेशले धेरै गीतसहित म्युजिक भिडियोहरुमा आफ्नो स्वर दिएका छन् ।
धौलागिरी क्यासेट सेन्टरको प्रस्तुतीमा पहिलो एल्बम पर्मिशनको ‘आफ्नै मान्छे टाढा भयो’ बोलको गीत पनि तत्कालिन अवस्थामा दर्शकले निक्कै रुचाएका थिए । दोस्रो एल्बम ‘सराहा’ र तेस्रो एल्बम ‘सहारा–२’ निकाल्दै गायक दिनेशले गायन क्षेत्रमा आफुलाई स्थापित गर्दै आएका थिए ।
२०८१ मा धनकुटामा भएको ‘पूर्वाञ्चल गट ल्यालेन्ट सिजन–६’ को फष्ट रनरअफ भएपछि गायक दिनेशले एल्बम ‘चन्द्रकुमारी’ बजारमा ल्याएका हुन् । उक्त गीतको शब्द तथा संगीत बसन्त सापकोटाले दिएका छन् भने म्युजिक भिडियोको गीतमा एक लाख भन्दा वढीले टिकटक बनाइसको गायक भारतीले बताएका छन् ।
म्युजिक भिडियोको गीतलाई धनकुटाका सुमन योगीले निर्माण गरेका हुन् । चन्द्रकुमारी म्युजिक भिडियोको निर्देशन सुरेश पाण्डेले गरेका हुन् । त्यस्तै म्युजिक भिडियोमा सुमन योगी र बिना राउतको अभिनय रहेको छ । उक्त गीत ट्रेन्डीङमा रहेको गायक दिनेशले बताए ।
चन्द्रकुमारीको सफतासँगै गायक दिनेश र मेलिनाको स्वरमा अर्को म्युजिक भिडियो चाँडै बजारमा आउन लागेको गायक दिनेशले बताएका छन् ।