सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेटसहित एक जना पक्राउ परेका छन् ।
गएराति लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्ना चोकमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गरिएको थियो ।
कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल–८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास–७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम–२० ट्याब्लेट, स्पारेट–२ सय ९५ ट्याब्लेट र कोलिवन–३ सय १२ ट्याब्लेट बरामद गरेको हो ।
प्रतिबन्धित र नियन्त्रित औषधीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।