चारपाने । 

निदि माध्यमिक बिद्यालयको स्कुल क्याप्टेनमा रिदिमा थापा ३३१ मतसहित निर्वाचित भएकी छिन् भने भाइस क्याप्टेनमा हन्सिका चौधरी २९३ मतसहित निर्वाचित भएकी छिन् । 

बिद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउने उदेश्यले झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको निदि मबिले बिद्यालयमा आज (शुक्रवार)स्कुल क्याप्टेन र भाइस क्याप्टेनसहित चार वटा सदनको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरेको थियो । 

यसैगरी रेड हाउस क्याप्टेनमा आशिफ आलम (५३ मत) भाइस क्याप्टेनमा अन्सु लिम्बु (४० मत), ब्लु हाउस क्याप्टेनमा जीवन बास्कोटा (८१ मत), भाइस क्याप्टेनमा आयुस शजाम (५९ मत), ग्रीन हाउस क्याप्टेनमा सुजेश शिवाकोटी (३६ मत), भाइस क्याप्टेनमा सम्पदा मैनाली (४० मत), यल्लो हाउस क्याप्टेनमा बिकेश राजवंशी (३६ मत) र भाइस क्याप्टेनमा अनुजा कडरिया (७८ मत) सहित निर्वाचित भएका निर्वाचन आयुक्त शरद घिमिरेले जानकारी दिए । 

लोकतान्त्रि प्रणाली अन्तरगत संघ, प्रदेश र स्थानीयसहित तीनै तहको निर्वाचनका बिषयमा जानकारी दिने उदेश्यले आज (शुक्रवार) क्याप्टेन र भाइस क्याप्टेनसहित चारवटा सदनका क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन भएकोे हो । 

बिद्यालयले स्कुलको क्याप्टेन र भाइस क्याप्टेनसहित बिद्यालयको चार वटा सदन अन्तरगत क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गराएको बिद्यालयका शिक्षक तथा उक्त निर्वाचनका आयुक्त शरद घिमिरेले जानकारी दिए । 

 ‘जसरी देशको संघ, प्रदेश र स्थानीय तहसहित बिभिन्न संघसंस्थाको निर्वाचन हुन्छ’ निर्वाचन आयुक्त घिमिरेले भने ‘त्यस्तै प्रक्रियाबाट उम्मेद्वारी घोषणा, दावी बिरोध, निर्वाचन प्रचारप्रसार, मतदातासँग भोट माग्नेलगायतका सवै प्रक्रिया पूरा गरेको निर्वाचन गरिएको हो ।’ बिद्यालयले चार बर्ष अघिदेखि यसरी क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गराउँदै आएको उनको भनाई छ । 

निर्वाचन समिति सदस्यमा बिद्यालयका शिक्षक पवन शिवाकोटी, ज्योति रिजाल, प्रनिता खड्का, घनश्याम पौडेल रहेका छन् । स्कुल क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन परिवेक्षकमा बाह्रदर्शी सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख भेषराज बुढाथोकी रहेका थिए । निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ६४५ जना मतदाता रहेका मध्ये ५३१ मत खसेको थियो । 

२०७१ सालमा स्थापना भएको बिद्यालयमा नर्सरीदेखि कक्षा–१० सम्म १०३९ जना बिद्यार्थी अध्ययनरत रहेका बिद्यालयका प्रिन्सिपल भीष्म प्रसाईले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मा १११५ जना र बिबिएसमा ४०० जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।