झापा ।
श्रीमतीलाई बिष सेवन गराएर ज्यान मार्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी दिलिपकुमार मरीक डोमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ बर्षिय दिलिपले श्रीमती रेणु मरिकलाई बिष सेवन गराएर ज्यान मार्न खोजेका थिए ।
उनलाई गत जेठ १८ गते इलाका प्रहरी दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको पक्राउ गरेको हो । उनले गत चैत १० गते श्रीमतीको हत्या प्रयास गरेका थिए ।
नियन्त्रणपछि इलाका प्रहरी कार्यालय दमकमा बुझाइएका दिलिपलाई झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।