चन्द्रगढी ।

झापाको भद्रपुरमा बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । भद्रपुरले भद्रपुरलाइ सुनौ, हेरौ भन्ने उदघोषका साथ भद्रपुर नगर कला, साहित्य तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिका भित्रका श्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रममा कवि बिरही अधिकारी, होम सुवेदी, उमाकान्त पोखरेल, शालिक भट्टराई अन्तरे, महेन्द्र भट्टराई, उषा गुरुङ, तीर्थ चापागाई, राजु बराल, देवीचरण भण्डारी, यशोदा कोइराला, शिवकुमार राजभन्डारी, रमेश पोखरेल, निर्मला बास्तोला लगायतले कविता वाचन गरेका थिए । यसैगरी नव प्रतिभा सफलता फुयल, प्रिया सिंह, अनिता राजबंशीले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।

गायक निरज पोखरेल, युनिक पान्डे र निर्मला थपलियाले गीत प्रस्तुत गरेको कार्यक्रममा मोही शर्माले कथक नृत्य प्रस्तुत गरेकी थिइन् ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेल, स्वागत महेन्द्र कोइराला र सन्चालन लता खरेलका साथै डिल्लीरमण नेपालले गरेका थिए ।