हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका–३ का युवा अभि पुरीले बैदेशिक रोजगारीबाट फर्केर आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने अभिप्रायले ढडुबा चोकमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

बिगत १० वर्षदेखि बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका पुरीले बिगत २ वर्षदेखि कतारको E2w entertainment प्रशिक्षण रूपमा काम गर्दै आएका थिए ।
बैदेशक रोजगारीबाट फर्केर हाल उनले हल्दीबारी–५ को न्यू स्टार, हल्दीबारी–३ को रामेश्वर प्राबि र भद्रपुरको मोरान मेमोरियल स्कुलमा नृत्य प्रशिक्षकका रूपमा रहेका छन् । उनले गत चैत्र २८ गते बिहिवारदेखि अभि डान्स एकाडेमी सञ्चालनमा ल्याएका हुन् ।
प्रशिक्षक केन्द्र बिहान ५ बजेदेखि ६ बजेसम्म र साँझ बजे ५ देखि कक्षाहरू सञ्चालन भईरहेको उनले बताए। उनका अनुसार बिद्यालय स्तरका भाइ बहिनीलाई सस्तो, सुलभ दर रेटमा स्थानीय ठाउँमै नृत्य सिकाउन थालिएको हो । हाल ३ महिने शुरूवात कोर्ष सञ्चालन गरिएको छ।