विराटनगर।
संखुवासभाको धर्मदेवी नगरपालिका–४ बाट अफिमसहित तीन जना र बिराटनगर–१५ बाट ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका–६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरु १२ ग्राम ३ सय ९० मिलिग्राम अफिमसहित पक्राउ परेका छन् ।
यसैगरी मोरङको बिराटनगर–१५ मा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका–२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।