झापा ।
प्रतिबन्धित लागू औषधसहित पाँचथरको कुम्मायक गाउँपालिका–३ का एक ब्यक्ति पक्राउ परेका छन् । झापा मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचिपुल कुम्मायक–३ का २८ बर्षिय अइन्द्र विक्रम खड्का पक्राउ परेका हुन् ।

आज (शुक्रवार) दिउँसो ३ः३० बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४३६ नम्बरको मोटरसाईकल चालक खड्कालाई नियन्त्रणमा लिएर चेकजाँज गरेको थियो ।
चेकजाँच गर्ने क्रममा मोटरसाईकलको तेलको बिर्को भएको स्थान भित्र प्लाष्टिकमा पोका पारी राखी लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिक बाहेक २७ ग्राम १३० मिलिग्राम फेला परेको थियो ।

उक्त लागुऔषध र मोटरसाइकलसहित खड्कालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।