झापा । 

झापाको बिर्तामोड नगरपालिका–५ सिटी सेन्टरस्थित पूर्व पश्चिम राजमागबाट दुई जना भारतीय नागरिक लागू औषधसहित पक्राउ परेका छन् । 

 इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रिकालिन बसमा सवार भारत बेङ्लोर कनाटाकास ईजिपुराका ३७ बर्षिय सनम सेख र सोही नागावारका ५१ बर्षिय ईबराहिम केथाड्थ पक्राउ परेका हुन् । 

शुक्रावार १२ः५५ बजेको समयमा उनीहरु माथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको २ वटा सुटकेश झोला भित्र खानेकुरा चिप्सको ३६ थान प्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध गाँजा ५ केजी ५३४ ग्राम र २ वटा डव्वा (CHUPA CHUPS MELON) भित्र रहेको लिसाईलो पदार्थ जस्तो देखिने जेली (JELLY) थान ८ फेला परेको थियो ।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।