बिर्तामोड ।
नेपाली कांग्रेस झापाले भोली हुने स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस ईकाईले गरेको निर्णय नै आधिकारीक हुने स्पष्ट पारेको छ । नेपाली कांग्रेस झापाले स्ववियु निर्वाचनका लागी उम्मेद्वार चयन गर्न गठन गरेको समन्य एवं सहजिकरण समितिका संयोजक तथा पार्टीका जिल्ला उपसभापति केशबराज पाण्डेले आज (सोमबार) एक अपिल जारी गर्दै नेविसंघको आधिकारीक उम्मेद्वारको विवाद भएमा नेविसंघको ईकाई समितिले गरेको निर्णय नै आधिकारीक हुने स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेस झापाले जिल्लामा रहेका क्याम्पसहरुको स्ववियु निर्वाचन समन्वय एवं सहजिकरण गर्न जिल्ला स्तरीय समन्वय समिति गठन गरेको थियो । गत फागुन १६ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवे, पार्टिका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिको संयुक्त वैठकले स्ववियु निर्वाचनका लागि सवै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।
समन्वय एवं सहजीकरण गर्न समितिदले सम्बन्धित क्याम्पसको नेविसंघ ईकाई समितिसँगको समन्वयमा उम्मेद्वार तय गर्ने निर्णय उक्त बैठकले गरेको थियो । सोही निर्णय बमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियु निर्वाचका लागि उम्मेद्वारी दर्ता गरिसकिएको छ । दमक बहुमुखी क्याम्पसमा भने केही समस्या देखिए पनि नेविसंघ क्याम्पस इकाइ समितिको सिफारिसमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारलाई जिताउन संयोजक पाण्डेले सबै बिद्यार्थी एवं पार्टी पंक्तिमा अनुरोध गरेका छन् ।