झापा ।
पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को उपाधि सुनसरीकी छितिजा मगरले हात पारेकी छिन् भने फष्ट रनरअफको उपाधि पाँचथरका दिनेश भारतीले हात पारेका छन् ।
उपाधिसँगै मगरले नगद ५ लाख, ट्रफि, मेडल, प्रमाणपत्र, तीन वटा म्युजिक भिडियोमा गाउने अवसर प्राप्त गरेकी छिन् भने विदेश घुम्ने अवसर पनि पाएकी छिन् ।
फष्ट रनरअफ भएका पाँचथरका दिनेश भारतीले नगद ५० हजारसँगै ट्रफि, मेडल, प्रमाणपत्र, तीन वटा म्युजिक भिडियोमा गाउने अवसर साथै विदेश घुम्ने अवसर पनि पाएका छन् । मगरले ६५ हजार भोट प्राप्त गर्दा भारतीले ५५ हजार भोट प्राप्त गरेका थिए ।
त्यस्तै सेकेण्ड रनरअफ भएका संखुवासभाका कमल राईले २० हजार नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र, एउटा म्युजिक भिडियोमा गाउने अवसर सँगै विदेश घुम्ने अवसर प्राप्त गरेका छन् । धनकुटाको टुडिखेलमा शनिवार भएको फिनालेबाट मगर बिजेता बनेकी छिन् भने फष्ट रनरअफ भारती बनेका हुन् ।
दिनेश गायनमा प्रथम भएपनि भोटको आधारमा भने दोस्रो स्थान ओगट्न सफल भएका नेपाल दशनामी समाज कोशी प्रदेशका सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीले बताए । फिनालेमा दिनेशसँगै धनकुटाको टुडिखेल पुगेका गिरी र समाजकी कोशी प्रदेश उपाध्यक्ष शारदा गिरीले दिनेश दशनामीहरुका प्रतिभा भएका र उनलाई अझ अगाडी बढ्न साथ र सहयोगको आवश्यक रहेको बताउँदै साथ सहयोगका लागि आग्रह गरेका छन् ।