बिर्तामोड । 

अनेरास्ववियुले बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पस (देवी) को स्ववियु सभापतिमा आकाश थापालाई उम्मेदवार घोषणा गरेको छ । आज (आइतवार) एक कार्यक्रमका बीच अनेरास्ववियुले सभापतिसहित कार्यसमितिका अन्य उम्मेदवारहरु घोषणा गरेको हो ।

अनेरास्ववियुले घोषणा गरेको सभापति पदको उम्मेदवार बिबिएस तेस्रो वर्षमा अध्ययनरत रहेका छन् । अनेरास्ववियुले स्ववियु सचिवमा शितल खनाल, कोषाध्यक्षमा प्रबिना वाग्ले, प्रत्यक्ष सदस्यहरूमा नोगेन हाङ्ग लिम्बू, खुशी अधिकारी, प्रशान्त पौडेल, युवराज घिमिरे, रुपा शाह, कैलास ओली र मनिल ओली रहेका छन् ।  

अनेरास्ववियु झापाका पूर्व अध्यक्ष बलराम गिरीले स्ववियुका उम्मेदवारहरु घोषणा गरेका हुन् । उम्मेदवार घोषणा कार्यक्रममा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।