बिर्तामोड ।
‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को फाइनल भोलि (शनिवार) हुँदैछ । फाइनलिष्टमा परेका पाँच जनाले भोलि प्रतिस्पर्धा गर्नेछन् । कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को फाइनलमा प्रवेश गरेका पाँचथारका दिनेश भारतीले बिजेता बन्ने दावी गर्दै आएका छन् ।
दिनेशले आफुले धेरै मेहनत गरेको बताउँदै बिजेता बन्ने दावी गर्दै आएका हुन् । पाँचथरको याङवरक गाउँपालिका–६ का सुमधुर स्वरका धनि दिनेश जस्तोसुकै गीतलाई आफ्नो लयमा प्रस्तुत गर्न सक्ने प्रतिभा भएका गायक हुन् ।
गत भदौ महिनाको पहिलो हप्ताबाट शुरु भएको गायन रियालिटी शोमा कोशी प्रदेशका १४ सहित १७ जिल्लाका ५७० जनावढी प्रतियोगीहरुलाई पछि पार्दै उनी ग्राण्ड फिनालेमा प्रवेश गरेका प्रतिभाशाली गायक हुन् । हाल ग्राड फिनोलमा पुगेका उनलाई आज बेलुका ४ बजेसम्म भोट गर्न सकिनेछ । गायनले मात्र नहुने र भोटको माध्यमबाट बिजेता बन्ने भएकाले भोट गरिदिन सवै समक्ष उनले आग्रहसमेत गरेका छन् ।
उनलाई भोटीङ गर्न चाहानेले यहाँ दिइएको क्यूआरलाई स्क्यान तथा टिकट खरिद गरेर गर्न सकिनेछ । दिनेश १५ बर्ष अघिदेखि गायन क्षेत्रलाई निरन्तरता दिदै आएका छन्् । धनकुटाको टुडिखेलमा भोलि ३ बजेदेखि ग्राण्ड पmिनाले हुँदैछ । प्रतियोगिताको बिजेताले नगद ५ लाख, ५ लाख बराबरको जीवन बीमासहित म्याुजिक भिडियो गर्ने अवसर पाउनेछन् भने बिभिन्न देशहरु घुम्ने अवसर पाउनेछन् ।
गायन रियालिटी शोमा गायक गायिका कृष्णभक्त राई, साहिल लिम्बु, जुनि खालिङ राई, हेमस्मृति चोङवाङ, महेश राईलगायत विश्वभरका नेपाली बरिष्ठ गायक तथा संगीतकार, राष्ट्रिय कलाकारहरुको सहभागीता रहने बताइएको छ । ग्राण्ड फिनालेमा पाँचथरका दिनेश भारतीसहित खोटाङका सिन्ध्या राई, संखुवासभाका बिनोद राई, भोजपुरका कमल राई, जेनिहाङ लिम्बुले प्रस्पिर्धा गर्नेछन् ।