बिर्तामोड ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तिय मञ्चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन लिम्बुवान झापाको चौथो जिल्ला अधिबेशनबाट अभिषेक पौडेलको अध्यक्षतामा १९ सदस्य नेतृत्व चयन भएको छ ।
मञ्चको आज (बिहीवार) दमकमा भएको अधिवेशनले नयाँ कार्य समिति झापा गठन गरेको हो । नयाँ समतिको उपाध्यक्षमा निप्रेस लिम्बु र सोनिहाङमा लिम्बु, सचिवमा चेतराज गौतम र अर्थ–सचिब–आमेश राई सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यमा हृदेस ढुङ्गाना, लक्ष्मण भुजेल, अभिनास मगर, जोन राई, निशान दर्जी, लक्षमण खवास, सुगम बस्नेत, सुनिल पाण्डे, सुगम बस्नेत, सुभास भुजेल, विशाल राया, पर्बत राई, गौरब इम्बुङ र हेन्सल राई सर्वसम्मत चयन भएका छन् ।
सुशान्त साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष बिष्णु भटराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बरिष्ठ सदस्य सुरेन्द्र निङ्लेखु, प्रान्तीय सचिब टक माङ्लाक, अर्थ सचिब दिलु लिङ्देन लावती, लासाङ निङ्लेखु, सदस्य बिबेक सुनुवार, राजु लिम्बु, जिल्ला अध्यक्ष राजा आङ्थुपो, दमक अध्यक्ष याम लोरिङ्देन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चेतराज गौतमले गरेका थिए ।