मोरङ।
सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उप–महानगरपालिका–५ बाट अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानिय २६ बर्षीय बिवश घिमिरेले रहेका छन् । उनको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल फेला परेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धनकुटाको सहिदभुमि गाउँपालिका–३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २०ट्याबलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।