लक्ष्मीपुर । 

‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को प्रि–फाइनलमा बेष्ट परफमेन्स अफ द डे बन्दै दिनेश भारती ग्राड फिनालेमा प्रवेश गरेका छन् । भारती शनिवार धनकुटामा भएको कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को प्रि–फाइनलमा बेष्ट परफमेन्स अफ द डे बनेका हुन् । 

फाइनल राउण्ड अर्थात टप ५ मा पर्न सफल पाँचथरको याङवरक गाउँपालिका–६ का दिनेश भारतीलाई  भोट गरिदिन भारती बन्धु एकता समाज र नेपाल दशनामी समाजका तीनै तहले सवैमा आग्रह गर्दै आएको छ । 

गत भदौ महिनाको पहिलो हप्ताबाट शुरु भएको गायन रियालिटी शोमा कोशी प्रदेशका १४ सहित १७ जिल्लाका ५७० जनावढी प्रतियोगीहरुले सहभागीता जनाएका थिए । प्रतिस्पर्धीहरुलाई पछि पार्दै भारती टप ४५०, ३००, २००, १५०, ७५  हुँदै टप ४० सँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए । हाल ग्राड फिनोलमा पुगेका उनलाई उनलाई भोटीङ गर्न चाहानेले यहाँ दिइएको क्यूआरलाई स्क्यान तथा टिकट खरिद गरेर गर्न सकिनेछ । 

दशनामी मात्र नभएर कोशी प्रदेशकै गायन क्षेत्रका प्रतिभाका धनि दिनेशलाई सक्दो भोट गरेर बिजेता गरिदिन भारती बन्धु एकता समाजका अध्यक्ष उमेश भारतीले सवैमा आग्रह गरेका छन् । 

दिनेशले १५ बर्षअघिदेखि गायन क्षेत्रलाई निरन्तरता दिदै आएको बताएका छन् ।  ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को ग्राण्ड फिनाले फागुन महिना भित्रमा धनकुटाको टुडिखेलमा हुने बताइको छ । उक्त गायन रियालिटी शोमा विश्वभरका नेपाली बरिष्ठ गायक तथा संगीतकार, राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।