चारआली । 

झापाको चारआलीमा एक दिने ‘चारआली म्युजिक फेष्ट २०२५’ आयोजना हुने भएको छ । ब्रज इभेन्टको आयोजनामा फागुन ९ गते शुक्रवार चारआलीचोकबाट करिव एक किलोमिटर दक्षिण निचाझोडा सिमसार नजिक हातेमालो ग्राउडमा हुने भएको छ । 

पहिलो पटक चारआलीमा हुन लागेको एकदिने संगीत महोत्सवमा लोकप्रिय ब्याण्ड जोन एन्ड द लोकल्सको प्रस्तुती रहने स्पोर्टमा आज (बुधवार) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

सामाजिक सांगीतिक र पर्यटन विकासमा योगदान अन्तरगत बढ्दो लागूऔषध तथा दुब्र्यसनलाई न्यूनीकरणमा जोड, स्थानीय पर्यटन र ऐतिहासिक स्थलहरुको प्रवर्धन, स्थानीय कलाकार र संगीतप्रेमीहरुको प्रोत्साहन गर्ने उदेश्यले ‘चारआली म्युजिक फेष्ट २०२५’ आयोजना गरिएको बताइएको छ । 

उत्कृष्ट संगीत अनुभव र मनोरन्जन, स्थानीय संगीत प्रवर्धन र सांस्कृतिक संरक्षण, युवा पुस्तामा प्रेरणा र सृजनात्मकता विकास, सामुदायिक एकता र सांस्कृतिक संवाद, स्थानीय अर्थतन्त्र र संगीत उद्योगको समर्थन, सामाजिक संदेश र चेतना प्रवाह क्षेत्रको पहिचान र ब्यापार तथा ब्यवसाय बृद्धिमा योगदान, स्थानीय ऐतिहासिक र यर्पटकीय आकर्षणकाहरुको प्रवर्धन गर्ने लक्ष्य संगीत महोत्सव रहेको छ । 

महोत्सवको मुख्य प्रायोजक ब्रिज इन्टरनेशनल बिर्तामोड रहेको छ भने बिभिन्न साझेदार संस्थाहरु रहेका छन् । उक्त संगीत महोत्सवमा भारतसहित नेपाली ८ देखि १० हजार दर्शकको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ । हालसम्म तीन हजार आठ सय जेनेरल र भिआइपी टिकट बिक्री भइसकेको बताइएको छ । संगीत महोत्स स्थलमा सुरक्षाका लागि एक सय सेक्युरिटी गार्ड र एकसय बढी स्वयम सेवक परिचालन हुने बताइएको छ । 

पत्रकार सम्मेलनमा ब्रज इभेन्टका फूर्वा लामा, आकाश तामाङ, बसन्त लिम्बु, मेचीनगरका लागूऔषध अभियान्ता सन्जिव थापालगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण मनिष गहतराजले गरेका थिए ।