बिर्तामोड ।
समाजबादका लागि सास्कृतिक अभियान अन्तर्गत सामना सास्कृतिक परिवारले शनिबार बिर्तामोडमा जनवादी गीत, सङ्गीत प्रस्तुत गरेको छ । बरिष्ठ जनवादी कलाकार माइला लामा, मणि थापा, रमण थामी, आरोह नेपालीका साथमा कलाकारहरुले गीत, नृत्यको प्रस्तुतिमा दर्शकका आँखा रसाएका थिए ।
जनयुद्धको जगमा १९ दिने जनआन्दोलनले राजनीतिक ब्यवस्थामा परिवर्तन ल्याए पनि भुइँ मान्छेको अवस्थामा परिवर्तन आउन नसकेको यथार्थ गीत, सङ्गीतले बोली रहदा दर्शक भावबिभोर भएका थिए ।
कलाकारहरुले पुजीवादी दलाल गणतान्त्रिक ब्यवस्थाको अन्त्य गरि समाजवादका लागि एकीकृत जनक्रान्ती अहिलेको आवश्यकता रहेको प्रस्तुति रहन्जुल दर्शकमा उत्साहको सन्चार भएको दृश्य देख्न सकिन्थियो । नेकपा झापाको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सुमन सिंह सीले जनवादी कलाकारहरुलाइ स्वागत गरेका थिए ।