चन्द्रगढी ।
झापाको चन्द्रगढी स्थित वर्तमान साहित्य प्रतिष्ठानको २७ औं साधरण सभामा कलाकारहरुले क्यानभासमा अभिनय गरेका छन् ।भद्रपुर शनिबार सम्पन्न कार्यक्रममा कलाकारहरुले क्यानभासमा अभिनय गरेका हुन् ।
नाट्यकर्मी कृष्ण अनमोल र फडिन्द्र पोखरेलको सहजिकरणमा बिकासोन्मुख देशका बालबालिका, शक्ति र सत्ताका साथै समय अनुसारका मानवीय सम्बेगहरु शीर्षकका चित्रहरुमा कलाकारहरुले अभिनय गरेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठननका प्राज्ञ सन्जय बान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वर्तमान साहित्य प्रतिष्ठननको गतिबिधि तथा कार्यक्रमको औचित्य बारेमा प्रतिष्ठननका पूर्व अध्यक्ष तथा सल्लाहकार राजु बरालले प्रकाश पारेका थिए ।
कार्यक्रममा कवि धनकुटे कान्छा, भवानी क्षेत्री, विरही अधिकारी, राजेश ढुङ्गाना, अर्जुन पान्डे, टीका भट्टराई नेपाल, महेन्द्र कोइराला, शालिक भट्टराई अन्तरे र गिता सुवेदी नेपालले कविता वाचन गरेका थिए भने गायक अर्जुन खरेल र जीवन धितालको गायन प्रस्तुति रहेको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनन र भद्रपुर नगर कला, साहित्य, सङ्गीत प्रतिष्ठननको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपाल र सन्चालन बिकास पान्डेले गरेका थिए ।
साहित्यकार इन्द्रबहादुर राईको ९८ औ जन्मजयन्तीका अवसरमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सन्जय बान्तवा राई, प्राज्ञ हरि पौडेल, साहित्यकार होम सुवेदी, कृष्ण बराल र कुमार भट्टराईले नेपाली साहित्यको वर्तमान अवस्था र ललितकलाको बारेमा चर्चा गरेका थिए ।