बिर्तामोड ।  

राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईले स्वागत नेपाल आगामी निर्वाचनमा २२ हजार मतले विजयी हुने बताएका छन् । लघुवित र सहकारीको ऋण तिर्न नसक्दा गरिबहरुले आत्महत्या गर्न बाध्य भएका र आफुले अभियान थाल्दा १८ प्रतिशत ब्याज आज ७ प्रतिशतमा झार्न सफल भएको  प्रसाईले बताएका छन् ।  

‘सदन भित्र बस्नेहरु मारवाडीका गोठालाहरु हुन्’ संयोजक प्रसाईले भने ‘ कम्बोडियाको फायल खोल्दा  म पकाउ परे, तर अझै १७ वटा फायल खोल्न बाँकी छ ।’ सांसदहरुले कम्बोडियाको फाइल मागिरहेका र यदि खोल्न आँट भए दिने बताउँदै प्रसाईले सदन खुलेपछि कम्बोडियाको फाइल बारे कुरा उठ्नु पर्ने उनले बताए । 

 चोरले चोरेर लगो भन्दा चोरलाई पक्रनुको साटो दुर्गा प्रसाईलाई पक्रिने काम भएको र आरोपिलाई पक्राउ गर्नु भन्दा आँफुलाई पक्राउ गरेको, रबि लामिछानेलाई पनि १७ ठाउँ डुलाईरहेको  बताउँदै अब बैंकहरु डुब्दै गरेका, सबै भन्दा पहिले सिदार्थ बैंक डुब्ने  उनको भनाई थियो ।  देशलाई राजासहितको हिन्दु राष्ट्र बनाएरै छोड्ने उनले दावी गरे ।

हिन्दु युनिभर्सिटी स्थापनाको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा योगी आदित्यनाथ बिर्तामोड आउने पक्का भएको समेत उनले बताएका छन् ।  पहिले बा भनेर माया गरेको ठाउँमा अहिले केपी पुग्दा ढुङ्गा मुढा खानुपर्ने अवस्था आएको र जापानको हिरोसिमा र नागासाकीमा खसेको बमले जापान बनेको थियो भने नेपालको खसेको कम्बोडियाको बम (फायल) ले नेपाल बन्ने उनको कथन छ ।  मेडिकल ब्यवसायीसमेत रहेका प्रसाईले बीएण्डसी मेडिकल आफू बाचुन्जेल लिलाम नहुने उनले बताए । उनले ९८ प्रतिशत प्रहरी दुर्गा प्रसाईको साथमा भएको र स्वागत नेपाल आजबाट यस अभियानमा जोडिएकाले अब सबैले साथ दिएर जोडिन आग्रह गरे ।

स्वागत नेपालले  संसदीय ब्यवस्था खारेज गर्नुपर्ने, यो अभियानलाई  कोटेश्वरमा गरेको कार्यक्रम लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गमा जति आफ्ना कार्यकर्ता उतारेका थिए,  यथार्थमा केपी ओलिका मान्छे त्यति मत्र भएको बताएका छन् । उनले केपी ओली मृगौलाको बिरामी भएको तर, केपी ओलि बाच्दा देश मर्नु पर्ने र दुर्गा प्रसाईं बाच्दा देश पनिबाच्ने उनको भनाई थियो ।  

‘हामी राष्ट्रिय पुजीवादीको पक्षमा छौ, दलाल पुँजीवादीको बिपक्षमा छौं, सर्बोच्च अदालतले दुर्गा प्रसाईको पक्ष र केपी ओलीको बिपक्षमा फैसला गरेको हुनाले अब केपी ओलीलाई नै गिरफ्तार गरि करबाही गर्नु पर्ने अदालते फैसला गरेको छ ।’ नेपालले भने । 

आज एउटासँग र भोलि अर्कोसँग मिलेर सरकार बनाउने काम भएको र बेश्याबृति गर्ने पुरुषहरुले यो देश चलाईरहेकाले अबको दिनमा झापाबाटै ब्यवस्था र भ्रष्ट्राचारका बिरुद्ध बिद्रोहको सुरुवात हुने उनले बताएका छन् ।  

कार्यक्रममा प्रेमदिप लिम्बू, संगठन बिभाग प्रमुख प्रेम थापालगायतले भएर सरकारले कहिले बालेन त कहिले दुर्गा प्रसाईलाई लखेट्ने मात्र काम गरेको बताउँदै सवै एकजुट भएर देश बचाउनु पर्ने बताएका छन् । उनीहरुले केपी ओलीले गिरीबन्धुको जग्गा खाने काम गरेको र केपी ओलीलाई देशबाट निकाल्ने दिन आउँदै गरेको बताउँदै  बंगला देशमा जस्तै नेपालमा पनि जनसागर ओर्लिने दिन आउँदै गरेको बताएका छन् । 

झापाको बिर्तामोड–५, मुक्तिचोकस्थित हनुमान कम्पेक्स अगाडि राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानले स्वागत सम्मान तथा एकता भेला कार्यक्रम सम्पन्न गरेको छ । महाअभियानले आज (शनिवार) महाअभियानका  केन्द्रिय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्य भेला सम्पन्न भएको हो । 

कार्यक्रममा अभियानका केन्द्रिय सदस्य हरि सिटौला, अभियान अन्तरगत ऋणि एसोसिएसनका  केन्द्रिय संयोजक देबि संगौला, अभियान अन्तरगत  आदिवासी, मुलबासी तथा पहिचान बिभाग प्रमुख प्रेमदिप थाम्सुहाङ, केन्द्रिय सदस्य ÷यातायात बिभाग प्रमुख सानू पुर्वछाने मगर, झापा जिल्लास्थित रहेका केन्द्रिय  सदस्यहरुलगायत हजारौंको उपस्थितिमा कार्यक्रम भएको छ ।