बिर्तामोड ।
सप्तक सङ्गितालय बिर्तामोडले स्वरसम्राट नारायणगोपालको ३४ औ स्मृति दिवसको अवसरमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पूर्वका राष्ट्रिय गायक रचनाकार एवम् संगीतकार हस्त परियारलाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो । साथै सम्मानित परियारले स्वरसम्राट नारायणगोपाल र आफ्नो गित प्रस्तुत गरेका थिए ।
‘मेरोआँखालाइ राख्ने फुलबारी छैन’ भन्ने गितले सगित गुरु अर्पण सापकोटाले शुरु गरेको कार्यक्रममा सप्तकका विद्यार्थी एवम् नेपालबाट सञ्चालित सारेगामा प लिटिल च्याममा भाग लिइरेका भाइ बैनिहरु दर्शककको मन छुने प्रस्तुती दिएका थिए ।
अनन्त मिश्र, अपेक्षा भन्डारी, सस्कार सापकोटा, स्मायन बजगाइ, आलिया अधिकारी साथै कृष्ण गौतम र सप्तककी सानी नानी रिलिक्स राज्य लक्ष्मी पौडेलले दर्शकहरुको मन छुने गरि आफ्नो प्रस्तुति दिएका थिए।
त्यसैगरि सङ्गितालयको मासिक कार्यक्रम अन्तर्गत प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु रेहा प्रधान, स्मायन बजगाइ र बिज्ञान डागी पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट विद्यार्थीहरुका रुपमा गोमा परियार र कृतज्ञा कटुवाललाइ सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गुरु अर्पण सापकोटा अध्यक्षतामा सञ्चालित कार्यक्रममा अतिथि संगीतप्रेमी कृष्ण पौडेल सचिव मुना काफ्ले र प्रमुख अतिथि महिला उद्यमशील समुह बिर्तामोडकी संयोजक राधिका चुडालले सम्मानित हुने सम्पूर्णमा उज्वल भबिष्यको शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा स्वागत सस्थापक कुसल पौडेलले गरेका थिए । नारायण गोपालका जिवनी मुना बिमलीले प्रस्तुत गरेकी कार्यक्रमको सञ्चालकन सस्थापक आकृती खतिवडाले गरेकी थिइन् ।