बुट्टाबारी । 

नारायण गोपाल स्मृति प्रतिष्ठान झापाले बिर्तामोड–३ सैनिकमोडमा आयोजना गरेको ३४ औं नारायण गोपाल स्मृति समारोह साँझ २०८१ मा शृष्टा एवम् विभिन्न ब्यक्तित्वलाई सम्मान गरिएको छ । 

प्रतिष्ठानले प्रत्येक बर्ष गर्दै आएको कार्यक्रम अन्तर्गत स्वरसम्राट नारायण गोपालका सयौं  गितहरु मध्येबाट केहि गित गायक झलक सग्रौला, समीर न्यौपाने र तुलसा पाठकले श्रोता एवम् दर्शकहरुलाई प्रस्तुत गरेका थिए । उनीहरुले उनका ‘म मरे पनि मेरो देश बाची रहोस्, म मातिएका बेला, मोहनी लाग्ला है, चुनेर पाना भरी, यति धेरै मानिसकालगायत गितले जिउँदो नारायण गोपाल एवम् अरुणा लामाको स्मृति गराएका थिए ।  गितमा संगीत भर्ने हारमिनियममा ध्रुव पाठक, लिड गितारमा फिरोज रसाइली, ड्रमप्याडमा राजु तामाङ र तबलामा दिनेश घिमिरे रहेका थिए ।  

त्यसैगरि युवा कबि नवराज पराजुलीले आमाले आफ्नो छोरालाई हेप्पी बर्थडे भन्ने कबिता पस्कका थिए भने गितकार टीका भट्टराईले रचना गरेको गित प्रस्तुत गरेका थिए । प्रमुख अतिथि प्राज्ञ कोमल निरौलाले चर्चित गित चील हैन बेसरी चल्ला टिपि लाने गित प्रस्तुतसँगै दर्शकलाई नचाएका थिए भने प्रतिष्ठानको यो सराहनीय कार्य र गायक रचनाकार संगीतकार कलाकार आदि श्रष्ठा सम्झने र जिवन्त राख्ने यो कार्यप्रति आफू खुसी रहेको भन्दै आयोजक टिमलाई शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा बुबा अनिरुद्र ओलि आमा नन्दादेबी ओलिद्वारा स्वर्गीय छोरा मनोज ओलीको स्मृतिमा स्थापना अक्षयकोषबाट नगद २५ हजार राशीसहित रचनाकार गायक एवम् संगीतकार हस्त परियारलाई सम्मान गरिएको छ ।

 त्यसैगरि प्रतिष्ठानको अक्षयकोषका सदस्य अनिरुद्र ओली, शान्ता रोका र शैलेन्द्र सिटौला मार्फत मिर्गौला पीडित मदन कुमार ठट्टाल, राजकुमार शाह र राधा भट्टराईलाइ उपचार सहयोगप्रति ब्यक्ति १०हजार एक सय एक  रुपैयाँ हस्तान्तरण गरेका थिए भने कोषका अध्यक्ष गणेश ओलीबाट असल सफल सालिन बुहारीको रूपमा देबिमाया खरेल न्यौपानेलाई नगदसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेश सदस्य भक्ति सिटौला, बिर्तामोड उपप्रमुख नरेन्द्र सग्रौला,  कनकाई एजुकेसन फाउन्डेसनका सस्थापक जय नारायण ढुंगाना, सस्थापक प्रमुख सल्लाहकार उमानाथ ओली, पूर्व  सांसद हरिचरण शिवाकोटी, तिलोचन भण्डारी, साहित्यकार केशव आचार्य, ओम बिमली मिनप्रकाशमैनालीलगायत संगीत प्रेमिहरुको उपस्थिति रहेको थियो । सैनिकमोडमा सञ्चालित कार्यक्रम मोहन शिवाकोटी अध्यक्षता एवम्  स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण सचिब रुद्र सिटौला गरेका थिए ।