विराटनगर।
झापा र मोरङबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका–५ पाडाजुगी बजारबाट कमल गाँउपालिका–५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस–१०८ पिस, ट्रामाडोल–८० पिस र एन्टिकफ–२४ पिस फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी अस्थाइ प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा–४ का ४२ वर्षिय राजु राईलाई लागू औषध ब्राउन सुगर ४२ मिलिग्रामसहित पक्राउ गरेको छ ।
प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।