झापा ।
झापाको दमक र मेचीनगर नगरपालिकाबाट दुई जना लागू औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–५ का ४२ बर्षिय राजेन्द्र राई र झापा शिवसताक्षी नगरपालिका–१ का २७ बर्षिय पुकार तामाङ छन् । उनीहरुलाई प्रहरीले आज (मंगलबार) पक्राउ गरेको हो ।
दमक नगरपालिका–६ पूर्व बस पार्कस्थित इलाका प्रहरी कार्यालय दमकमबाट खटिएको प्रहरी टोलीले शंकाष्पद अवस्थामा हिडिरहेका राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ४ ग्राम फेला परेकोले थियो ।
राईलाई उक्त सामानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी मेचिनगर–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडी सडकमा लागूऔषध व्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तामाङलाई पक्राउ गरेको छ ।
भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ सिटि सफारीमा आईरहेका तामाङलाई शंका लागि शरीर तलासी लिँदा मलद्वारमा लुकाई राखेको अवस्थामा प्लाष्टिक बाहेक ६ ग्राम लागू औषध अर्थात खैरो हेरोइन फेला पारी नियन्त्रण गरेको हो ।
तामाङलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमती प्राप्त भई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासत कक्षमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।