झापा।
जबरजस्ती करणी मुद्दा एकजना फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका ३ बस्ने ३० वर्षीय कृष्ण थेबे रहेका छन् ।
उनलाई हिजो बेलुका ६ बजे बुद्धशान्ति ३ बुधवारे बजारबाट इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्धामा थेबेलाई झापा जिल्ला अदालतले २०७५ फागुन ५ गते ११ वर्ष कैद सजाय सुनाएको थियो ।
उनलाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।