विराटनगर ।
सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन्। बिहीवार साँझ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका–५ का १८ बर्षीय आकास लिम्बुलाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ हात्तिसुडेबाट २५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रतिबन्धित लागूऔषध र पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।