विराटनगर ।

उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारबाट ५५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।

 त्यसैगरी इलाका प्रहरी कार्यालय धुलाबारी झापाको प्रहरी टोलीले मेचिनगर नगरपालिका–१० बाट पनि एक महिलालाई गाँजासहित नियन्त्रण गरेको छ । सोही स्थानकी नाजेरा खातुनलाई २ सय २० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

बरामद गरिएको ५५ किलोग्राम र महिलासहित पक्राउ गरिएको २ सय २० ग्राम गाँजाका बिषयमा सम्बन्धीत प्रहरी कार्यालयले अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । संकेत तस्बीर