मोरङ ।

मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको BR38 AW 3776 नम्बरको कारको पक्राउ गरेको हो । 

उक्त कारमा डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३ किलोग्राम लागूऔषध गाँजा फेला परेको पथयो । नियन्त्रणमा लिएको उक्त कारका बिषयमा इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । संकेत तस्वीर