विराटनगर।

मोरङ र उदयपुरबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार मोरङको उर्लाबारी नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १०  क्याप्सुलसहित उर्लाबारी–६ का ३० बर्षीय प्रकाश बिक र ५१ बर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २० बर्षीय रुपन लिम्बु, २८ बर्षीय असिम राई, ३६ बर्षीय संजिव थापा र त्रियुगा नगरपालिका–१३ का ३५ बर्षीय मलिन थापालाई  प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

 पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।