विराटनगर।

सुनसरी र धनकुटाबाट लागू औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका–४ का २२ वर्षिय अनिल बिक, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL  ३०५ पिस र  DECOLIC  २१० पिससहित नियन्त्रणमा लिएको छ थियो । 

ईलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका–१५ परिवर्तित मार्गबाट धरान उप–महानगरपालिका–१५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिषेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ  ।

त्यसैगरी  जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका–७ त्रिबेणी स्थितबाट छथर जोरपाटी गाउँपालिका–४ का २६ निर्मल बिश्वकर्मा र धनकुटा नगरपालिका–७ का ३१ बर्षीय बिजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर, ट्रामानिल–१४ क्याप्सुल, स्पास्मो–१५ ट्याव्लेट र TRAMAN50  ४ क्याप्सुल सहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।