झापा । 

 झापाको दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शिविरबाट लागूऔषधसहित गएराति १० बजेको समयमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शिविरको सेक्टर नम्बर बि वान हट नं.१९ बस्ने पेमा सिंह तामाङको घरमा उनकै छोरा २१ बर्षिय अभिषेक तामाङ र सोही स्थान ७ का २७ बर्षिय संजिव लिम्बुलाई प्रहरी नियन्त्रणमा लिएको हो । 

उनीहरुके साथबाट लागूऔषध ब्राउन सुगर प्लाष्टिकमा पोका पारेको स–सानो पोका–१७ थान तत्काल डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित १ ग्राम ५३० मिलिग्राम प्लाष्टिक बाहेक १ ग्राम फेला परेको थियो । 

दुवै जनालाई उक्त लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।