बिर्तामोड  ।

चेलीबेटी बेचबखन र त्यसलाई नियन्त्रण गर्न अपनाउन सकिने भूमिकालाई केन्द्रविन्दू बनाएर तयार गरिएको नेपाली लघु चलचित्र क्राइम इन बिर्तामोड‘सीआइबी’ को प्रिमियर शो भएको छ । बिर्तामोडस्थित अतिथि सदनमा शनिवार चलचित्रको प्रिमियर शो प्रर्दशन गरिएको हो ।

झापाका विभिन्न ठाउँमा छायङ्कन गरिएको उक्त लघू चलचित्रमा समाजमा हुने विभिन्न खाले आपराधिक गतिविधि र त्यसलाई नियन्त्रण गर्न सरकार र नागरिक समाजको भूमिकाका विषयमा केन्द्रीत रहेको छ ।  

बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ चलचित्र तयार गरिएको हो । चलचित्रको लेखन तथा निर्देशन रोहन राईले गरेका छन् । चलचित्रको द्धन्द्ध निर्देशक सुदिपबाबु खवास रहेका छन्  ।

चलचित्रको सहनिर्माता तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डीपी रिजाल र उमेश चौधरीले गरेका छन् । कार्यकारी निर्माता पुजन प्रकाश इङ्नाम रहेका छन भने मुख्य भूमिकामा रेजिना रणपहेली र बिवेक रिजाल रहेका छन् ।

चलचित्रको प्रिमियर शो मा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष शुवास भट्टराई , नागरिक समाजका प्रतिनिधिलगायत दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।