झापा । 

झापा गाउँपालिका वडा नम्बर ५ स्थित बिरिङ खोलाको पुल लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल बिओपीबाट खटिएको संयुक्त प्रहरी टोलीले पन्थपाडाबाट राजगढतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ९७११ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा शुक्रवार साँझ ८ः३० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा मोटरसाईकल चालक बाह्रदशी–३ का २२ बर्षिय अनिल राजवंशी र मोटरसाईकल पछाडी सवार हल्दीबारी–१ का २३ बर्षिय बिशाल राई छन् । 

अनिलले मलद्धारमा लुकाई छिपाई ल्याउदै गरेको प्लाष्टिकसहित २ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर फेला परेसँगै राई समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।