बिर्तामोड । 

 राजबंशी झापाको ‘गाछेर पर चर्हिये बासी बलाइलो रे रसिया’ बोलको गीत आज सार्वजनिक गरिने भएको छ । राजवंशी भाषाका वरिष्ठ गायक वलराम राजवंशी संगीत रहेको म्युजिक भिडियो आज सार्वजनिक हुने लागेको हो । गीतमा गायक बलराम र निकिता राजवंशीको स्वर रहेको छ ।

राजवंशी द्धयको सुमधुर स्वरमा सजिएको गीतको म्यूजिक भिडियोको सम्पादन कार्य सम्पन्न भएसँगै आज सार्वजनिक गर्न लागिएको जनाइएको छ । 

 झापाको राजगढ तथा भद्रपुरमा छायङ्कन गरिएको भिडियोमा मोडल सन्तोष राजवंशी र शोभा राजवंशीको मुख्य अभिनय रहेको छ । चलचित्रमासमेत अभिनय गरिसकेका अनुभवी कलाकारको वेजोड प्रस्तुतिमा कोरसमा भद्रपुरका राजवंशी युवा टोलीले अभिनयमा साथ दिएका छन् ।

गजेन्द्र राजवंशीको निर्देशनमा वनेको म्यूजिक भिडियोको छायांकन विजय वराल र प्रविन लुईटेलले गरेका छन् ।  श्याम डाङग्राले रचना गरेको उक्त गीत ५ मिनेट २ सेकेण्डको रहेको म्युजिक भिडियो निर्माण टिमले जनाएको छ ।

विन्जु मिडियाले छायांकन तथा सम्पादन गरेको यो भिडियो विन्जु मिडियाको अफिसियल पेज र बलराम राजबंशीको यूटुव च्यानलबाट आज सार्वजनिक हुने निर्माता हंस राजबंशीले जानकारी दिए ।