झापा। 

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। आज (सोमबार) बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर नौ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । 

भागेकामध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परिसकेका छन्। फरार हुनेमा लागूऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। 

यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्। फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।