बिराटनगर।

झापा र सुनसरीबाट लागू औषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका–६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगरसहित र  भद्रपुर नगरापालिका–९ का ३१ वर्षिय सरेन किश्कु, मेचिनगर–१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका–२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर–९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ ।

त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौक‍हीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ बाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप–महानगरपालिका–१७ का २४ बर्षीय समिम मिया र रामधुनी नगरपालिका–३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय लौक‍ही र लागूऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका–१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित  नियन्त्रणमा लिएको छ । लागू औषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।