बिराटनगर ।

झापा र मोरङबाट प्रतिवन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ श्रीजंघा गाँउपालिका–२ का २७ बर्षीय बिशाल लिम्बुलाई १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

त्यसैगरी लागूऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर–१५ स्थितबाट मोरङ कानेपोखरीका २१ बर्षीय राहुल चौधरीलाई ल्ष्तचबशभउबm त्बदभित २०० चक्कीसहित पक्राउ गरेको छ । पक्राउ गरिएका उनीहरुलाई सम्बन्धीत प्रहरी कार्यालयले थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।