झापा ।
झापाको दमक नगरपालिका वडा नं.–३ बाट प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले आज (बिहीवार) उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.–१ का २३ बर्षिय पवन नेपाली, झापा दमक नगरपालिका वडा नं.–३ का १९ बर्षिय रोहन जोगी र सोही स्थानका १६ बर्षिय सुमन धिमाल छन् ।
उनीहरुलाई शंकाष्पद अवस्थामा फेला पारी चेकजाँच पवन नेपालीको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ४ पत्ता (३८ ट्यावलेट) फेला परेकोले सोधपुछ गर्दा सुमन धिमालको घरमा अरु केही औषधीहरु पनि छ, भनि उनीहरुले खुलाईदिएका प्रहरीले जनाएको छ ।
त्यस्तै सुमन धिमालको घरमा समेत प्रहरी टोली खटि गई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल ७ पत्ता (७६ ट्यावलेट) र एन्टीकफ १२ पत्ता (११६ ट्याव्लेट) फेला परेकोले उनीहरु ३ जनालाई नै नियन्त्रणमा लिई उनीहरुको साथमा रहेको एन्ड्रोईड मोवाईल ३ थान नगद सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।