बिर्तामोड । 

नेपाल दशनामी बन्धुहरुका चम्कीला ताराका रुपमा उदाएका अश्विन भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजले सम्पूर्णमा आग्रह गरेको छ । समाजको केन्द्र, प्रदेश, जिल्लासहित झापाका बिभिन्न नगर र वडा कमिटीले झापाबासी सम्पूर्णलाई अश्विनलाई भोट गरिदिन आग्रह गरेका छन् । 

अश्विन प्रत्येक शुक्रवार र शनिवार साँझ ८ बजेदेखि हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको नेपालकै चर्चीत रियालिटी शो द भ्वाइस अफ किड्स सिजन ३ को भोटिङ राउण्डमा पुग्न सफल भएका छन् । 

समाजका केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), झापा अध्यक्ष केदार गिरी, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्ष उमेश भारतीसहित दशनामीका बिभिन्न तह र तप्काका नेताले भोट गर्ने समय एकदमै कम भएकाले अश्विनलाई भोट गरीदिन सम्पूर्ण देश तथा बिदेशमा रहनेहरुमा आग्रह गरेका छन् । 

‘अश्विन भारतीको प्रतिभालाई जातिगत तराजुमा मात्र तौलिएर समाजले अगुवाई गरेको होइन’ कार्यबाहक महासचिव अशोक गिरीले भने ‘उहाँले आफ्नो प्रतिभालाई मूल्याङ्कन कर्ताका सामु नै सर्वोत्कृष्ट भएको प्रमाण पेश गरिसक्नु भएको छ ।’ 

उनलाई त्यसका कारण पनि जातिगत आधारभन्दा माथि उठेर सवैले भोट गर्न जरुरी रहेको बताए ।  अश्विनले गीत संगितका पारखी सबै जातजातिका श्रोता र दर्शकको मन जितिसकेका कारण समाजले अगुवाईको भूमिका खेलेको उनले बताए । अगुवाई दशनामी समाले गरे पनि अश्विन  सवैका साझा भएकाले सहयोग सबै जातजातिले गर्न आवश्यक रहेको उनको भनाई छ । 


झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित बाहुण्डाँगी घर भई हाल बिर्तामोडको निदि सेकेन्डरी स्कुलमा कक्षा ७ मा अध्ययनरत अश्विन भोटिङ राउण्ड अर्थात टप २४ मा पर्न सफल भएका छन् । 

सुमधुर स्वरका धनि अश्विनले एकपछि अर्कोको मन जित्दै गायन यात्रालाई अगाडी बढाउँदै आएका छन् । नेपालीहरुको लागि प्रतिभाशाली गायक बन्न सक्ने  सम्भावना बोकेका अस्विनलाई भोट गरीदिन आग्रह गरिएको छ । अश्विनलाई भोटिङ समयभित्र खल्ति एप्स प्रयोग गरि भोट गर्नसकिनेछ ।