मोरङ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद गरेको छ । 


आज (बिहीवार) बिहान विराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेबारीसे अवस्थामा रहेको BR 11PC 5016 नम्बरको गडीलाई शंका लागेर चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा  १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो । 


बरामद गरिएको गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।