तेह्रथुम ।

तेह्रथुमको लालिगुराँस नगरपालिका–८ का २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । 

बिहीवार सामान्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पूर्ण कानुनि प्रकृयापछि   शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।