बिर्तामोड । 

नेपालकै सवै भन्दा धेरै कलाकारहरुको एकै साथ अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘ज्यानमाया’ ले दर्शकको मन जित्न सफल भएको छ । ‘ज्यानमाया’ म्युजिक भिडियोले युट्व च्यानलबाट सार्वजनिक भएको २२ घण्टाको अवधिमा २ लाख ३ हजार ४४७ जना दर्शककले हेरिसकेका छन् । 

फरक प्रस्तुतिका साथ आरटी इन्टरटेनमेन्ट युट्व च्यानल मार्फत शुक्रवार म्युजिक भिडियो रिजिल गरिएको थियो । भिडियोलाई समय साक्षेप दर्शकमाझ प्रस्तुत गर्न निर्माण पक्षले भिडियो निर्माणमा ठुलै लगानी गरेको छ । निर्माण पक्षको भनाई अनुसार नेपालमै सबैभन्दा धेरै लगानीमा तयार भएको भिडियो ज्यानमाया रहेको छ । ज्यानमायामा नेपाली १६ लाख रुपैयाँ लगानी भएको कलाकार याम खरेलले जानकारी दिए ।

म्युजिक भिडियोमा चर्चित कलाकारका अभिनय रहेको छ । ‘ज्यानमाया’ म्युजिक भिडियोमा नेपाली चर्चित कलाकारहरू प्रियङ्का कार्की, कविता नेपाली, सरोज ओली, यम खरेलको मुख्य अभिनय रहेको छ । 

त्यसैगरी दीप श्रेष्ठ, सुरेन्द्र खड्का, कृष्ण मङ्गल श्रेष्ठ, राजु सिंह, राम तिम्सिना, दीपक गहतराजलगायत एक सय ५० जना कलाकारको अभिनय रहेको भिडियो निर्माण पक्षले जनाएको छ । नेपालमा सबै भन्दा धेरै कलाकारले एकैसाथ काम गरेको पहिलो म्युजिक भिडियो ज्यानमारा भएको निर्माण पक्षको दावी छ । 

गम्भिर विष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियाग्राफी राजिवकुमार कर्ण, छायांकन पवन सुस्लिमले गरेका छन् ।  ज्यानमायामा नवराज ढुंगानाको शब्द,  स्मिता दाहालको स्वर र दीपक शर्माको संगीत रहेको छ ।

.झापा धुलावारीका सरोज ओलीले निर्माण गरेको यो म्युजिक भिडियो पनि युट्व ट्रेन्डिङमा पुग्ने देखिएको छ । उनले निर्माण गरेका प्राय सबै भिडियोहरू चर्चाको शिखरमा पुग्ने गरेका छन् ।  

भिडियो पनि