झापा । 

 मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

गायक राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरीले जनाएको छ । 

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।