बुधवारे । 

झापा बुद्धशान्तिका उदयमान गायक सारमन श्री ल्वागुनको म्युजिक भिडियो सार्वजनिक भएको छ । ममता एल्बम अन्तर्गतको दोस्रो गित ‘एकै पटक तिम्रो मुहार’ सार्वजनिक भएको हो ।  

 सरिता श्रेष्ठ र भूषण खतिवडाको  संगित रहेको म्युजिक भिडियोमा सारमन श्री र स्थानिय कलाकार खुशी गदाइलीको अभिनय रहेको छ । आज सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा एउटा दूध बेच्ने गवालाको  प्रेम जीवन अनि प्रेमिकाको मृत्युु पछिको बियोग जिन्दगीको चित्रण देखाउन खोजिएको गायक सारमन बताउछन् । बुद्धशान्ति गाउँपालिकाका धेरै जसो ठाउँमा सुबास लकान्द्रीले छायांकन गरेको भिडियोमा गायक ल्वागुनको एकल स्वर रहेको छ । यो भन्दा अगि उनले ममता एल्बमको पहिलो गित लै बरि माया लै लै सार्बजनिक गरेका थिए । 

आफ्नो कला र गलालाई भगवानको बरदानका रूपमा लिने सारमन पछिल्लो समय गीत संगितको क्षेत्रमा आफुलाई चिनाउने प्रयासमा रहेका छन् । हाल उनको बसाई काठमाडौ भएपनि उनले संगीत पाठशालामा  संगीतको अभ्यासला्रई निरन्तरता दिइरहेका छन् । 

संगीत भनेको सधाना हो, गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाई सांगीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि अथक लगनशीलताको आवश्यक पर्छ, यसैको उदाहरण बनेका छन् गायक सारमन उनले पछिल्लो समय  आफ्नै स्वरमा निदरी र दशैआयो तिहार आयो बोलको म्युजिक भिडियो समेत सार्बजनिक गरेका छन् । 

अहिले पनि उनको आवाज सुनेर मन्त्रमुग्ध नहुने मानिस कोही छैनन् । काठमाडौ नै बसेर श्री संगीत पाठशालामा चण्डीप्रसाद काफ्लेबाट संगीतको अभ्यास गरिरहेका उनले हालसम्म धेरै गायन र नृत्यका धेरै उपाधिबाट पुरस्कृत भइसकेका छन् । साथीभाई, आफन्त, शुभचिन्तकहरुको प्रेरणाबाट सांगीतिक यात्रा शुरु गरेका गायका सारमनले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला, क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा शुरु गरेका थिए ।

  • भिडियो पनि ##